काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता राजन दाहालले पार्टीभित्र तत्काल विशेष महाधिवेशन बोलाएर प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत अध्यक्षसहित सिंगो केन्द्रीय समिति चयन गर्नुपर्ने माग राखेका छन्। उनले आफ्नो फेसबुक पोस्टमार्फत यो प्रस्ताव अघि सारेका हुन्।
‘हिम्मत हुनेले ढ्वाङ थाप्ने, कार्यकर्ताबाट अनुमोदित हुने,’ दाहालले आफ्नो पोस्टमा लेखेका छन्, ‘अनि मात्र कार्यकर्ताले पत्याउँछन्।’
उनले ‘मान न मान, मै तेरा मेहमान’ जस्तो अवस्था अब असम्भव रहेको बताएका छन्।
प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया