काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिंहदरबारमा रहेको आफ्नो भवन जेन जेड आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि अस्थायी रूपमा केशरमहलबाट सेवा सुरु गरेको छ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “हाल केशर पुस्तकालय (साविकको शिक्षा मन्त्रालय भवन, केशरमहल) बाट सेवा सञ्चालन गरिएको छ। सिंहदरबारस्थित भवनमा मर्मत र सरसफाइ कार्य पूरा नभएसम्म यहीँबाट सेवा प्रवाह हुनेछ।”

advertisement

तर, सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखा, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र छात्रवृत्ति शाखाबाट प्रदान हुँदै आएको सेवा भने पूर्ववत् स्थानमै निरन्तर जारी रहने मन्त्रालयले स्पष्ट पारेको छ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com