काठमाडौं । जेन-जी आन्दोलन चर्किँदै गएपछि भदौ २४ गतेको घटनामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवास समेत सुरक्षित रहन सकेन। बूढानीलकण्ठस्थित भंगालमा रहेको उनको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी सुरु गर्दा उनी त्यतिबेला घरमै थिइन्।

आगो नियन्त्रणबाहिर जाने अवस्थापछि सेनाले उनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो। उद्धारको दृश्य प्रदर्शनकारीहरूले खिचेको भिडिओ सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेका छन्। भण्डारी बाहिरिएपछि भीड घरभित्र पसेर ठूलो क्षति पुर्‍याएको बताइएको छ।

advertisement

मंगलबार दिउँसोदेखि नै भण्डारीको घरमा आगजनी भएको उनका सचिवालयले जनाएको छ। सेनाले उनलाई स्थलमार्ग हुँदै शिवपुरीस्थित स्टाफ कलेजमा पुर्‍याएको थियो, जहाँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीहरूलाई पनि राखिएको थियो। हाल त्यहाँ ओली मात्र रहेका र भण्डारी आवतजावत गरिरहेको सैनिक स्रोतले जनाएको छ। सचिवालयका अनुसार उनको घर बस्नै नसकिने अवस्थामा पुगेकाले उनी सुरक्षित स्थानमै बस्दै आएकी छन्।

उक्त दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भने बिहानैदेखि आक्रमण सुरु भएको थियो। देउवा दम्पतीलाई उद्धार गर्न सुरक्षाकर्मीलाई निकै कठिनाइ परेको र उनीहरू प्रदर्शनकारीको कुटपिटमा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com