काठमाडौँ । आज आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा मनाइँदै छ। हरेक वर्ष असोज १ गते यो पर्व मनाइन्छ, जसमा सवारीसाधन, औजार र धातुजन्य उपकरणहरूको पूजा गरिन्छ। मानव सभ्यता सृजनात्मक कर्म र नव निर्माणमा आधारित छ, र यसका मूल स्रोत र प्रेरणा भगवान् विश्वकर्मा हुन्। प्राचीन ग्रन्थमा उनलाई देव शिल्पी भनिएको छ, जसले तीनै लोकको निर्माण गरेका थिए।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया