काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले यस वर्षको संविधान दिवसलाई भव्य र विशेष ढङ्गले मनाउन आफ्ना सबै तहका कमिटीलाई निर्देशन दिएको छ। पार्टी महासचिव शंकर पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा वर्तमान संविधान नेपाली जनताको ऐतिहासिक बलिदान र सङ्घर्षको उपलब्धि भएको उल्लेख गर्दै यसलाई लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताको आधारशिला बताइएको छ।

एमालेले हालै २३ र २४ भदौमा भएका दुःखद घटनाका कारण मुलुकमा राजनीतिक अस्थिरता बढेको र सङ्घीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध षड्यन्त्रहरू भइरहेका भन्दै संविधानको संरक्षण र स्थायित्वका लागि पार्टी सङ्गठनहरूलाई सक्रिय रहन आग्रह गरेको हो।

advertisement

पार्टीले असोज ३ गते सबै प्रदेश र जिल्ला तहमा संविधान दिवसका कार्यक्रमलाई भव्यतापूर्वक मनाउन निर्देशन दिएको छ। यससँगै काठमाडौँ उपत्यकामा भने केन्द्रीय स्तरको विशेष कार्यक्रम पार्टी कार्यालयमा च्यासलमा आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com