काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएको मितिमै सम्पन्न हुनुपर्ने बताएका छन्। भट्टराईले बहुदलीय लोकतन्त्रको मूल आधार नै स्वतन्त्र, निष्पक्ष र प्रतिस्पर्धात्मक निर्वाचन भएको भन्दै यसलाई कुनै हालतमा कमजोर पार्न नहुने स्पष्ट गरे। उनले राजनीतिक दलहरूले चुनाव तोकिएकै समयमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता पुराना दलहरूले आफूलाई पुनःसंरचना गर्ने सम्भावना न्यून देखिएको छ। ती दलहरू अझै पुराना नेताहरूकै उकुसमुकुसमा अड्किएको उनको टिप्पणी छ।

advertisement

भट्टराईले आगामी दिनमा एउटा बृहत् राजनीतिक पुनःसंरचना अपरिहार्य हुने धारणा व्यक्त गरे। उनले २८ वर्षभन्दा मुनिका युवाहरूले निरन्तर दबाब सिर्जना गरेमा यस्तो पुनःसंरचना सम्भव हुने बताए।

उनले भने, लोकतन्त्रको खम्बालाई कमजोर पार्न दिइनु हुँदैन। निश्चित मितिमै चुनाव गर्नुपर्छ। पुराना दलहरूले आफ्नो रूपान्तरण गर्ने अवस्था छैन। तर, नयाँ पुस्ताको दबाबका कारण आगामी दिनमा ठूलो राजनीतिक पुनःसंरचना हुन सक्छ।

अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेको छ। तर प्रमुख दलहरूले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै विरोध जनाइरहेका छन्।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com