काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत संदेश जारी गर्दै पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नु सबै राजनीतिक शक्तिको जिम्मेवारी भएको उल्लेख गरे। तर, त्यसैको आवरणमा भइरहेको प्रतिगमनकारी हर्कत र विध्वंसकारी क्रियाकलापलाई अस्वीकार गर्नुपर्ने पनि उनले स्पष्ट पारे।
उनले भने, नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गरौँ। तर त्यसको आवरणमा गर्न खोजिएका प्रतिगमनकारी हर्कत र विध्वंसको विरोध गरौँ। नयाँ पुस्ताको विश्वास जित्ने गरी पार्टी गतिविधि अघि बढाऔँ र जनतासँगको सम्बन्धलाई अझ घनिष्ठ बनाऔँ।
महासचिव पोखरेलले पार्टी नेतृत्व र कार्यकर्तालाई जनपक्षीय जीवनशैली र आचरणमा जोड दिन आग्रह गर्दै आन्तरिक एकता मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य र सम्बन्ध विस्तारमा ध्यान दिनुपर्ने पनि बत
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया