काठमाण्डौं ।  सामाजिक अभियन्ता तथा विश्लेषक युवराज सफलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन्। सफलका अनुसार बालेनको पछिल्लो उदय पछाडि विदेशी शक्तिहरू – विशेषतः युरोप, अमेरिका र भारतको रणनीतिक समर्थन रहेको छ।

सफलले दाबी गरेका छन् कि बालेन आगामी २/३ वर्षमा पतन भएर राजनीतिक रूपमा समाप्त हुने छन्। ‘त्यसपछि बालेन लहर क्रमशः घट्दै जानेछ,’ उनले भनेका छन्। यही परिदृश्यलाई मध्यनजर गर्दै विदेशी शक्तिहरूले नयाँ ‘दलाल’ खोज्ने प्रयासमा बालेनलाई अगाडि सारेको उनी बताउँछन्।

advertisement

उनका अनुसार अन्तरिम सरकारलाई प्रभावमा पार्ने उद्देश्यसहित बालेनले आफ्ना सल्लाहकार ओम प्रकाश अर्याललाई गृहमन्त्री बनाइसकेको दाबीसमेत गरिएको छ। सफलले बालेन अब आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा रहेको बताएका छन्।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com