काठमाडौं । जेनजी प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ परेका छन् ।

प्रहरीले उनको नाम भने खुलाएको छैन । पक्राउ परेका उनलाई कुन कसुरमा मुद्दा चलाइने भन्नेबारे पनि प्रहरीले केही बताएको छैन ।

advertisement

२४ भदौमा ती प्रदर्शनकारीले एसपी ओलियाको फुलीसहितको बर्दी लगाएका थिए । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com