काठमाडाैं । लुटिएका सामान हुनसक्ने भन्दै बिल नभएका सामान नकिन्न प्रहरीले अनुरोध गरेको छ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले एक विज्ञप्ति जारी गर्दै बिल नभएका सामान किनबेच नगर्न अनुरोध गरेका हुन्।

advertisement

भदौ २४ गते सरकारी कार्यालयहरू, बैंक वित्तीय संस्थहरू, व्यापारिक प्रतिष्ठनहरू लगायत व्यक्तिगत घर/ भवनमा समेत आगजनी तोडफोड गरी लुटपाट भएका छन्।

सुन, चाँदी, हिरा लगायत सामान लुटपाट भएकाले त्यस्ता सामान बिक्री गर्न आउनसक्ने हुँदा बिना बिलका सामान नकिन्न प्रहरीले अनुरोध गरेको हो।

त्यस्ता सामान बिक्री गर्न आएमा प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ। लुटिएका सामान किन्नेलाई पनि कानुन बमोजिम कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com