मान्म । जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोले मङ्गलबार रातिदेखि अवरुद्ध बनेको उक्त राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।

पहिरो पन्छाएर राजमार्ग खुलाउन स्काभेटर र जेसिभी प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

advertisement

उनका अनुसार गगने खोला पारिपट्टीको डाँडा पूरै सडकमा खसेर राजमार्ग अवरुद्ध बनेको थियो । वर्षा हुनेबित्तिकै लेदो र ढुङ्गासहितको पहिरो गगने  खोलामा खस्ने गरेकाले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com