काठमाडाैं । सप्तकोशी नदीमा जलसतह बढेसँगै कोशी ब्यारेजका २७ ढोका खोलिएका छन्। आज बिहान ११ बजे गरिएको जलमापनमा नदीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका छन्।
यसअघि मंगलबार राति १० बजे प्रवाह एक लाख ८२ हजार २८७ क्युसेक नापिएपछि २४ ढोका खोलिएको थियो। गत भदौ १७ गते भने नदीमा बहाव अत्यधिक बढ्दा ५६ मध्ये ३८ ढोका खोलिएको थियो। त्यसयता घट्दै गएको पानी आज बिहानदेखि फेरि बढ्न थालेको खतिवडाले बताए।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिन्छ। अहिले पनि ब्यारेजमा रातो बत्ती जलिरहेको कन्ट्रोल रुमले जनाएको छ। पहाडी क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण जलसतह बढ्दै गएको बताइएको छ।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया