काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने बताएका छन् ।

जेन-जी प्रदर्शनका क्रममा आगजनी भएको संसद भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले क्षति भएका सबै संरचना सबैले मिलेर बनाउनुपर्ने बताएका हुन् ।

advertisement

विदेशी सहयोग माग्ने भन्दा पनि नेपालीले नै सहयोग संकलन गरेर भत्किएका संरचना बन्नुपर्ने घिसिङले बताए ।

उनले भने, ‘हाम्रो जुन जलेका र भत्किएका संरचनाहरु छन्, त्यो हामी सबैले मिलेर बनाउनुर्छ । यसका लागि विदेशी सहयोग भन्दा पनि हामीले कोष बनाएका छौं । त्यसमा नेपालमा र विदेशमा बस्ने हरेक नेपालीले सहयोग गरेर हाम्रा संरचनाहरु पुनस्थापना गर्न सक्छौं ।’

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com