काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकलाई लक्षित गर्दै विशेष ‘संविधान दिवस अफर’ ल्याएको छ। यो अफर असोज २ गतेदेखि ४ गतेसम्म सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

यसअन्तर्गत मात्र ४९ रुपैयाँमा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा र टेलिकमको नेटवर्कभित्र १०० मिनेटसम्म निःशुल्क कल गर्न सकिने सुविधा पाउन सकिनेछ।

advertisement

यस्तै, डाटा प्याकेजमा पनि छुट दिइएको छ। १११ रुपैयाँमा ५ दिनका लागि ६ जीबी, १९९ रुपैयाँमा ७ दिनका लागि १३ जीबी, २९९ रुपैयाँमा १२ दिनका लागि २० जीबी र ३९९ रुपैयाँमा १५ दिनसम्म प्रयोग गर्न मिल्ने ३० जीबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ।

ग्राहकले यो अफरमार्फत ‘फेस्टिभ कम्बो प्याक’ समेत खरिद गर्न सक्नेछन्। यसको मूल्य ७८९ रुपैयाँ तोकिएको छ। प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिन चल्ने सो प्याकमा ३० जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न सकिने ६०० मिनेट भ्वाइस कल सुविधा र २०० एसएमएस सुविधा पाउने व्यवस्था गरिएको छ।

पोस्टपेड प्रयोगकर्ताले कम्बो प्याक वा ३० जीबी डाटा प्याकेज लिएमा उक्त शुल्क मासिक रेन्टल चार्जमै समायोजन हुने व्यवस्था गरिएको कम्पनीले स्पष्ट पारेको छ।

ग्राहकले असोज २ देखि ४ गतेभित्र *141511# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेज खरिद गर्न सक्नेछन्।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com