काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले देशमा हालको अवस्थाले असंख्य परिवारलाई पीडित बनाएको भन्दै गहिरो समवेदना व्यक्त गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषी जो कोही भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेकी छिन्।

डंगोलले जेन-जी पुस्ताद्वारा सुरु गरिएको भ्रष्टाचारविरुद्धको सुशासन र समृद्धिको आन्दोलन केवल आक्रोशको अभिव्यक्ति नभई वास्तविक परिवर्तनको माग भएको बताइन्। आन्दोलनका क्रममा भएको जनधनको क्षति, हत्या र तोडफोडबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

advertisement

उनले लेखेकी छिन्, “सहिदको रगतले लेखिएको इतिहासलाई हामीले बिर्सन सक्दैनौं। बलिदान खेर नजाओस्। बिग्रेकोलाई बनाउने, बनेकोलाई मजबुत बनाउने हाम्रो जिम्मेवारी हो।”

डंगोलले अबको राजनीति ढाकछोप र बहानामा होइन, जवाफदेही र पारदर्शितामा टेकेर अघि बढ्नुपर्नेमा जोड दिँदै दलहरूले विगतका कमजोरी सुधार्दै जनताको विश्वास जित्नुपर्ने बताइन्।

उनले इमानदार नेतृत्व, स्पष्ट दृष्टि र जनताको विश्वाससहित स्वमूल्याङ्कन गर्दै एकजुट भई सहिदको बलिदानलाई न्याय दिँदै पुनर्निर्माणमा जुट्नु सबैको दायित्व भएको बताइन्। “नेपाल अब नयाँ पुस्ताको काँधमा र सही बाटोमा अघि बढाऔं,” उनले अपील गर्दै लेखेकी छिन्।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com