दार्चुला । दोगडाकेदार गाउँपालिका–५ सलसेना नजिक आज बिहान खसेको पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ।

प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार सडक माथिबाट खसेको ठूलो पहिराले राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ। यातायात अवरुद्ध भएपछि दार्चुलाबाट छुटेका सवारीसाधन तथा दार्चुलातर्फ जाँदै गरेका गाडी बीच बाटोमै रोकिएका छन्।

advertisement

राजमार्ग सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, प्रहरी र स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि मंगलबार सो क्षेत्रमा पहिरो खसेर यातायात अवरुद्ध भएको थियो। लगातारको वर्षाका कारण उक्त खण्डमा बारम्बार पहिरो खस्ने क्रम बढेको छ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com