वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फाँसीवाद विरोधी समूह एन्टिफालाई आतंकवादी संगठन घोषणा गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा एउटा पोस्टमा उनले यो घोषणा गरेका हुन् ।

एन्टिफाका सदस्यहरू वा यस विचारधारासँग जोडिएका व्यक्तिहरू नव–नाजीवाद, नव–फाँसीवाद, गोरा मानिसहरूलाई श्रेष्ठ मानिने विचारधारा र जातीय भेदभाव जस्ता रूढिवादी अति–दक्षिणपन्थी विचारधाराहरूको विरुद्धमा बोल्छन् ।

advertisement

खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई एक प्रमुख आतंकवादी संगठनको रूपमा तोक्न लागेको राष्ट्रपति ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन् ।

‘एन्टिफालाई आर्थिक सहयोग गर्नेहरूलाई म उच्चतम कानुनी मापदण्ड र नियमहरू अन्तर्गत अनुसन्धान गर्न पनि सिफारिस गर्नेछु’ पोस्टमा उनले लेखेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि यस समूहको निरन्तर विरोध गरेका थिए ।

सन् १९२० र १९३० को दशकमा युरोपेली फाँसीवादी शक्तिहरू विरुद्धको आन्दोलनको समयमा यो समूहको उत्पत्ति भएको थियो । प्रहरी वा प्रदर्शनकारीहरूले नचिनुन् भनेर यो समूहका मानिसहरूले प्रायः आफ्नो अनुहार मास्कले छोप्ने वा हेलमेट लगाउने गर्छन् । एजेन्सी

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com