काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पछिल्लो घोषणामाथि प्रतिक्रिया जनाउँदै पार्टीलाई अब मात्र ‘बुद्धि आएको’ टिप्पणी गरेका छन्।
रास्वपाले भदौ २४ गतेको हिंसात्मक प्रदर्शनमा संलग्न व्यक्तिहरूको जिम्मेवारी पार्टीले नलिने र उनीहरूले पार्टी छाडेर अनुसन्धानमा सहयोग गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले लेखेका छन्, ‘यदि यस्तो स्पष्ट बोध र समझदारी पहिल्यै आएको भए न अराजक गतिविधि हुन्थ्यो, न रास्वपाको अवस्था यसरी खस्कन्थ्यो। न त अध्यक्ष रवि लामिछानेमाथि १४ हजार कैदी भगाएको जस्तो गम्भीर दाग लाग्थ्यो, न पुराना दलहरूलाई आधारहीन आरोप खेप्नु पर्थ्यो।’
बस्नेतका अनुसार रास्वपाको ढिलाइले मुलुक राजनीतिक अस्थिरतामा धकेलिएको छ।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया