काठमाडौं । सर्वोच्च अदालत परिसरमा पाल टाँगेर इजलास खडा गरिएको छ । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा सर्वोच्चमा आगजनी भएपछि पहिलो पटक पाल टाँगेर इजलास खडा गरी बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ भएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको थियो । काठका सामान्य कुर्सी, टेबल राखेर एकातिर न्यायाधीश, अर्कोतिर इजलास अधिकृत र त्यहीँ नजिकै कानुन व्यवसायी बस्ने गरी इजलास खडा गरिएको छ ।

advertisement

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com