काठमाडौं । जेन-जी आन्दोलनका क्रममा निजी क्षेत्रका सम्पत्ति, सवारी साधन र अन्य वस्तुमा परेको क्षतिका लागि करिब २१ अर्ब रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार मंगलबारसम्म १८ वटा बीमा कम्पनीमा कुल १९८४ दाबी दर्ता भएका छन्, जसको कुल रकम २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ पुगेको छ।
प्रमुख बीमा कम्पनीहरूमध्ये दी ओरिएन्टल इन्स्योरेन्समा सबैभन्दा बढी पाँच अर्ब १४ करोड ७९ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा चार अर्ब ९३ करोड २२ लाख, शिवर इन्स्योरेन्समा दुई अर्ब ३९ करोड ४ लाख, आइजीआई प्रूडेन्सियल इन्स्योरेन्समा एक अर्ब ५९ करोड, र सगरमाथा इन्स्यारेन्समा एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ दाबी परेको छ।
अन्य कम्पनीहरूमा हिमालय एभरेष्ट इन्स्योरेन्स एक अर्ब १५ करोड ६२ लाख, नेका इन्स्योरेन्स एक अर्ब ९ करोड ९५ लाख, सानिमा जिआईसी इन्स्योरेन्स ७८ करोड ९३ लाख, राष्ट्रिय बिमा कम्पनी ४९ करोड ५१ लाख, युनाइटेड अजोड इन्स्योरेन्स ४८ करोड ७४ लाख, नेपाल इन्स्योरेन्स ४६ करोड ९४ लाख रुपैयाँ दाबी भइसकेको छ।
साथै, एनएलजी इन्स्यारेन्समा ३८ करोड ५८ लाख, प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख, नेशनल इन्स्यारेन्समा ६ करोड ८२ लाख, प्रभोटेक्टिभ माइक्रो इन्स्योरेन्समा एक करोड १३ लाख, स्टार माइक्रो इन्स्योरेन्समा ६७ लाख, नेपाल माइक्रो इन्स्योरेन्समा ५६ लाख ३६ हजार र ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४२ लाख रुपैयाँको दाबी दर्ता भएको छ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीका अनुसार दाबी गर्ने प्रक्रिया अझै जारी छ। सरकारी सार्वजनिक सम्पत्तिको बीमा नभएकाले यो दाबी केवल निजी क्षेत्रसँग सम्बन्धित रहेको प्राधिकरणले स्पष्ट पारेको छ।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया