काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले आगामी असोज ३ गतेलाई कालो दिनका रूपमा मनाउने घोषणा गरेको छ।

मोर्चाका केन्द्रीय सचिवालय संयोजक डा. शिवजी यादवले विज्ञप्ति जारी गर्दै संविधान २०७२ जारी भएको दिनलाई कालोपट्टि बाँधी विरोधसहित प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जानकारी दिएका छन्।

advertisement

उनको भनाइमा संविधान निर्माण प्रक्रियामा मधेशको असहमति बेवास्ता गरी राज्यले दमनका बीच जबर्जस्ती संविधान जारी गरेको इतिहास आज पनि ताजा छ। विज्ञप्तिमा भनिएको छ । २०७२ असोज ३ गते मधेशका सपुतहरूलाई गोली हानी, एकतर्फी रूपमा संविधान लादिएको थियो। आन्दोलनको भावना विपरीत अपूर्ण र अधुरो संविधान जारी गरिएकै कारण यो दिनलाई कालो दिनका रूपमा सम्झनुपर्छ।

मोर्चाले सामूहिक विरोधमार्फत संविधान संशोधन र मधेशका माग सम्बोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com