काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. सुनिल शर्माले सातौँ संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानलाई जनजीवनसँग प्रत्यक्ष जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘ जबसम्म संविधानले नागरिकलाई न्याय, अवसर र समानताको अनुभूति गराउन सक्दैन, तबसम्म संविधान दिवस केवल औपचारिक चाड मात्र हुनेछ।’

advertisement

डा. शर्माले संविधानलाई केवल कानुनी दस्तावेजमा सीमित नराखी दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने साधनका रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार संविधानको वास्तविक मर्म जनताको मनमा जीवित राखिनु जरुरी छ।

संविधानले परिकल्पना गरेको समाज निर्माणका लागि सबैले आ–आफ्नो भूमिकामा जिम्मेवारीपूर्वक योगदान दिनुपर्ने उल्लेख गर्दै उनले सफल कार्यान्वयनका लागि निरन्तर प्रयास आवश्यक हुनेमा जोड दिएका छन्।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com