काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३-२४ गतेको जेन-जी आन्दोलनका घटनाबारे न्यायिक छानबिनका लागि चारवटा उच्चस्तरीय आयोग गठन गर्न वर्तमान सरकारसँग माग गरेका छन्। संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले त्यसै अनुरोध गरेका हुन्।

शर्माले पहिलो आयोग भदौ २३ मा भएको प्रदर्शनमा सुरक्षाकर्मीद्वारा अत्यधिक बल प्रयोगको घटनाको न्यायिक छानबिन गर्न गठन गर्नुपर्ने बताएका छन्। दोस्रो आयोग भदौ २४ गतेको प्रदर्शनमा घुसपैठ, तोडफोड र आगजनीको सम्पूर्ण छानबिनका लागि उच्चस्तरीय आयोग हुनुपर्ने उनको माग छ।

advertisement

त्यसैगरी, भ्रष्टाचारका मुद्दाहरूको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग गठन गर्न र २०४६ सालयता उच्च पदमा रहेका सबै व्यक्तिको सम्पत्तिको विस्तृत छानबिन गर्न चौथो आयोग आवश्यक रहेको उनले जोड दिएका छन्।

शर्माले आफ्नो व्यक्तिगत अनुभवसमेत उल्लेख गर्दै भने, ‘मेरो राजनीतिक यात्रा सीमित रहे पनि मेरो सम्पत्ति, बैंक खाता र जग्गा–जमिन सबैको पारदर्शी छानबिन हुनुपर्छ। अब राजनैतिक नेतृत्वमा रहेका सबैले पनि परिक्षणका लागि तयार हुनुपर्नेछ। ‘

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com