काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा सिंहदरबारभित्र आगजनीबाट क्षति पुगेका सवारीसाधन हटाउने काम सुरु गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्ने कार्य अघि बढाइएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको समन्वयमा यो काम भइरहेको उनले जानकारी दिए।

advertisement

‘जलेका सवारीसाधनलाई संसद् भवनमा लगेर व्यवस्थापन गर्ने र सिंहदरबार परिसरमा रङरोगन सुरु गरिएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘तोडफोड भएका सवारीसाधन पनि क्रमशः मर्मत भइरहेका छन्।’

मन्त्री कुलमान घिसिङले जलेका सवारीसाधनका कारण सिंहदरबार कुरूप देखिएको भन्दै तत्काल हटाएर अन्यत्र व्यवस्थित गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com