काठमाडौं । अधिवक्ता यज्ञमणि न्यौपानेले जेन–जी आन्दोलनले पूणर्ता नपाएको टिप्पणी गरे । उनले भने,‘यो जेन–जी आन्दोलन जे भयो, पूर्णता भएको छैन । यसलाई पूरा भयो भनियो भने यो देशमा परिवर्तन हुन सक्दैन भन्ने आजको ठम्याई छ ।’

आज संविधान दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले ७ वटै प्रदेशका नागरिकलाई अब कसरी अघि बढ्ने भनेर सोध्नको लागि पनि जेन–जी आन्दोलनका अगुवाहरुलाई सुझाव दिए । उनले भने,‘संविधानका के के चिज परिवर्तन गर्नुपर्छ भनेर सोध्नुहोस । युवा, किसान, उद्योगीहरुसँग सोध्नुहोस । अनि निश्कर्षमा पुग्नुहोस ।’

advertisement

न्यौपानेले भदौ २३ गते युवाको छातीमा ताकिताकि गोली हान्नेहरु झण्डा हल्लाएर हिँड्न थालेको भन्दै आक्रोश पोखे । उनले भने,‘अहिले जेन–जी युवालाई खोरमा हालेको सुन्न थालेको छु । आन्दोलन तुहायो भने इतिहासले माफ गर्दैन । जेन–जी आन्दोलन जनआन्दोलन भाग ३ घोषणा गर्नुपर्छ । राज्य सत्ताले यो वा उ भन्ने नाममा, जेन जी आनदोलनका जिवितहरुलाई खोरमा कोच्न बाटो खोज्दैछ ।’ उनले प्रधानमन्त्री सुशीला कार्कीलाई जेन–जीको मागको सुनुवाई गर्न सुझाए ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com