काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई रणनीतिक रूपमा असफल राष्ट्र बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले यस्तो प्रयासविरुद्ध सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन आह्वान गरेका छन्।

संविधान दिवसको अवसरमा जनप्रगतिशील मञ्च, एसिया प्रदेश संगठन समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका हुन्।

advertisement

उनले संविधान निर्माण प्रक्रियामा माओवादी जनयुद्धको निर्णायक योगदान रहेको उल्लेख गर्दै भने, ‘सात दशकदेखि थाती रहेको संविधान सभाबाट संविधान बनाउन हजारौं शहीदको बलिदान अनिवार्य पृष्ठभूमि बन्यो।’ प्रत्यक्ष निर्वाचित कार्यकारी, समानुपातिक प्रतिनिधित्वलगायतका एजेन्डा माओवादी केन्द्रले निरन्तर उठाउँदै आएको उनले स्मरण गराए।

हालै सम्पन्न जेन-जी आन्दोलनबारे बोल्दै प्रचण्डले सरकारको बल प्रयोगप्रति असन्तोष व्यक्त गरे। उनले माओवादी केन्द्रले सुरुदेखि नै संयमता अपनाउन आग्रह गरेको भन्दै आन्दोलनले उठाएका माग सम्बोधन गर्दै संविधानको रक्षामा आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेलेको दाबी गरे।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com