काठमाडौं । गत वैशाखदेखि हालसम्म देशभर जम्मा तीन हजार ६८१ विपद्का घटना भएका छन्। यसबाट ६ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राधिकरणले बताएको छ।

सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन्। यस्तै, २४ जना बेपत्ता छन्। प्राधिकरणका अनुसार ६ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन्। एक हजार २९५ आगलागीका घटनामा २३ जनाको मृत्यु भएको छ भने १७७ जना घाइते भएका छन्। आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित छन्।

advertisement

बाढीका २६३ घटनामा २९ जनाको मृत्यु भएको छ। बाढीमा परेर २३ जना बेपत्ता, १४ जना घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा छ। यस्तै, ४६३ पहिरोका घटना भएका छन्। पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते छन्।

यसैगरी भारी वर्षाका ३४० घटना भएका छन्। त्यसमा परेर ६ जनाको ज्यान जाँदा १४ जना घाइते भएका छन् भने ८११ परिवार प्रभावित छन्।

सो अवधिमा २९० चट्याङका घटना दर्ता भएका छन्। चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने २१२ जना घाइते छन्। यस्तै, ३५१ परिवार प्रभावित छन्।

सर्पदंशका ३०४ घटना भएका छन्। सर्पको डसाइबाट ७७ जनाको ज्यान गएको छ भने २३३ जना घाइते छन्।

प्राधिकरणका अनुसार, वन डढेलोका १८५ घटनामा २ जना घाइते भएका छन् भने २७ परिवार प्रभावित छन्। त्यस्तै, हावाहुरीका २८४ घटनामा ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते छन्। हावाहुरीमा परेर ५४१ परिवार प्रभावित छन्।

जनावर आक्रमणका २१७ घटनामा २० जनाको मृत्यु भएको छ। यस्तै, ८८ जना घाइते हुँदा ३६६ परिवार प्रभावित छन्। विपद्बाट जोगिन पूर्वसावधानी, सचेतना अभियान चलाइएको, पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित गरिएको प्राधिकरणले बताएको छ। रासस

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com