हेटौंडा । २४ भदौमा भीमफेदी कारागारको पर्खाल भत्काएर फरार भएका ५७ जना कैदीबन्दी आफैं सम्पर्कमा आएर कारागार फर्किएका छन्।
सो दिन बिहान ुकु र ुखु ब्लकमा रहेका ४४० जना कैदीबन्दी सामूहिक रूपमा भागेका थिए। घटनालगत्तै सुरक्षानिकायको सक्रियतामा पक्राउ प्रक्रिया तीव्र रूपमा अघि बढाइएको थियो। कारागार प्रमुख सुवास पौडेलका अनुसार, तीमध्ये ५७ जना आफैं फर्किएका हुन्।
पौडेलका अनुसार, नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको सहकार्यमा शुक्रबार साँझ ७ बजेसम्म १८६ जना फरार कैदीबन्दी पुनः नियन्त्रणमा आइसकेका छन्। हालसम्म २५४ जना कैदीबन्दी अझै फरार छन्।
त्यसैगरी, देशका विभिन्न भागबाट फरार भएका ६१ जना कैदीबन्दीलाई समेत भीमफेदी कारागारमा सारिएको छ। काठमाडौंका कारागारबाट भागेका केही कैदीहरू मकवानपुरबाट पक्राउ परेका हुन्।
कुल १,०६६ कैदी क्षमताको कारागारमा अहिले ८६१ जना मात्र रहेका छन्।
२४ भदौमा बिहान ुकु ब्लकबाट २६० र ुखु ब्लकबाट १८० जना गरी ४४० कैदीले पर्खाल भत्काएर भागेका थिए। भाग्ने प्रयासका क्रममा सुरक्षाकर्मी र कैदीहरूबीच करिब चार घण्टा झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले २०० भन्दा बढी हवाई फायर गरेका थिए।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार












प्रतिक्रिया