झापा ।  झापाको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् ।

मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ ।

advertisement

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए । ‘हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,’ उनले भने, ‘बिहान त एउटा हात्ती मरेको खबर आयो ।’

के कारणले हात्ती मर्यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रमुख श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com