काठमाडौं । लगातारको वर्षासँगै देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ।

शुक्रबार रातिदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा तुइनखोलामा पहिरो खस्दै आएको छ। लगातारको पहिरोका कारण सडक खुलाउन कठिनाइ भइरहेको र यात्रुहरू रातिदेखि नै अलपत्र परेको प्रहरीले जनाएको छ।

advertisement

शनिबार बिहान यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुर प्रतिनिधिहरूसँग आपत्कालीन छलफल भएको छ। बैठकमा सरोकारवालाले अवरोध हटाउने अवस्था र चुनौतीबारे विस्तृत जानकारी प्रस्तुत गरेका छन्।

ट्राफिक प्रहरीका अनुसार, पहिरो खसेको स्थानमा डोजर परिचालन गरिए पनि लगातार ढुंगामाटो खसिरहेकाले काम अघि बढाउन नसकिएको छ।

नारायणगढ–मुग्लिन मात्र होइन, कोशी राजमार्ग र अरनिको राजमार्गका विभिन्न खण्डहरू पनि पहिरोका कारण अवरुद्ध भएका छन्। ती सबै क्षेत्रमा सडक खोल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com