काठमाडौं । खसी खरिदको मामिलामा साला-भेनाबीच सुरु भएको विवाद कुटाकुटमा बदलिँदा एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका-५ का ५२ वर्षीय जाबिर अलि बेहना रहेका छन्। शुक्रबार दिउँसो साढे २ बजे उपचारका क्रममा उनको मृत्यु भएको हो।

advertisement

शुक्रबार बिहान साढे ९ बजेतिर विवाद सुरु भएपछि दुवै पक्षले समूह बनाएर एक-अर्कामाथि ढुंगा, दाउरा र घरेलु हतियार प्रयोग गर्दै आक्रमण गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार खसी खरिदमा भएको मोलतोलकै विषयले झगडा उग्र बनेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘एक जनाले मोलतोल गरिरहेको खसी अर्कोले किनेर ल्याएपछि विवाद चर्किएको र त्यसै क्रममा मृत्यु भएको तथ्य खुलेको छ,’ डिएसपी पातलीले बताए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३७ वर्षीय मुस्ताक अलि बेहना, ३२ वर्षीय चाँदबाबु बेहना, २५ वर्षीय सेराज अलि बेहना र २५ वर्षीय ईस्राग अलि बेहना रहेका छन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com