विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानप्रति दृढ आस्था व्यक्त गर्दै आगामी निर्वाचनको तयारीमा जुट्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्।

शनिबार जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको आफ्नो निवास निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले राष्ट्रपतिले संविधान जोगाउन विशेष सावधानी अपनाएको भन्दै अब निर्वाचनको बाटोमा अघि बढ्नु बाहेक विकल्प नरहेको बताए।

advertisement

उनले भने, ‘संविधान बाहिर फसे पनि यसको मूल मर्म सुरक्षित छ। निर्वाचनमार्फत संवैधानिक मूल्य र मान्यतालाई जोगाउनु अहिलेको मुख्य आवश्यकता हो।’

डा. कोइरालाले प्रतिनिधिसभा विघटन संवैधानिक प्रावधान विपरीत भए पनि जेनजी आन्दोलनको भावना आत्मसात गर्दै मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि गरे।

आगजनीमा जलेको निवासको ऐतिहासिक महत्व उल्लेख गर्दै उनले भने, ‘मेरो घर मात्र होइन, इतिहास जलेको देख्दा दुःख लाग्यो। तर यहीँबाट फेरि उठेर लोकतन्त्र र राष्ट्रिय मूल्यको रक्षा गर्नेछौँ।’

पार्टी नेतृत्व परिवर्तन र आसन्न महाधिवेशनबारेको प्रश्नमा डा. कोइरालाले आफ्नो अडान पुरानै रहेको र उपयुक्त समयमा स्पष्ट धारणा सार्वजनिक गर्ने बताए।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com