सिन्धुली । नेकपा एमालेका केन्द्रीय सदस्य गणेशकुमार पहाडीले पार्टीका विगतका कमजोरी स्वीकार गर्दै जनतासँग माफी मागेर पुनः विश्वास जित्नुपर्ने बताएका छन्।

सिन्धुलीमाडीमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानमाथि प्रहार गर्ने शक्तिहरू सक्रिय भएका बेला जनताको साथबिना लोकतन्त्र सुरक्षित हुन नसक्ने प्रष्ट पारे। ‘संविधान च्यात्ने, जलाउने र अस्वीकार गर्ने प्रवृत्तिविरुद्ध हामी सबै एकजुट हुनुपर्छ,’ पहाडीले भने।

advertisement

उनले आगामी फागुन २१ मा तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै एमाले संगठन र कार्यकर्तालाई तयारीमा जुट्न आह्वान गरे।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com