सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा अडान लिँदा तत्कालीन एमाले नेतृत्वको सरकार ढालिएको दाबी गरेका छन्।

शनिबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले सुर्खेतमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री कँडेलले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग भएको स्पष्ट धारणा राख्दा योजनाबद्ध रूपमा आन्दोलन गराइएको बताए।

advertisement

उनका अनुसार, ‘चुच्चे नक्सामा प्रष्ट देखिएको भूभाग हाम्रो हो भन्ने सत्य दाबी गर्दा ‘जेन–जी’ पुस्ताको नाम प्रयोग गरी आन्दोलन खडा गरियो र अन्ततः सरकार ढालियो।’

कँडेलले राष्ट्रहितमा लिइएको अडानलाई कमजोरीको रूपमा चित्रित गरेर सत्तामाथि प्रहार भएको उल्लेख गर्दै इतिहासले यस्ता राष्ट्रवादी कदमलाई कहिल्यै नकार्न नसक्ने दाबी गरे।

युवा पुस्ताबारे कुरा गर्दै उनले ‘जेन–जी’ लाई प्रगतिशील, रचनात्मक र अनुशासित ढंगले संगठित गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘अब हामी निर्माण गर्ने पुस्ता हौं, दर्शक बन्ने होइनौं। भ्रष्टाचारविरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ।’

मुख्यमन्त्री कँडेलले गुटबन्दी, विभाजन र स्वार्थी राजनीतिले पार्टी मात्र नभई सम्पूर्ण राष्ट्रलाई कमजोर बनाउने चेतावनी दिँदै युवालाई सचेत रहन आह्वान गरे।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com