काठमाडौं । एसिया कपको शीर्ष ४ अन्तर्गतको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। श्रीलंकाले दिएको १६९ रनको विजयी लक्ष्य पछाएको  बंगलादेशले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। ​

advertisement

बंगलादेशका लागि ओपनर ब्याटर सहित सैफ हसनले सर्वाधिक ६१ रनको पारी खेले। उनले ४५ बलमा २ चौका र ४ छक्का प्रहार गरे। कप्तान लिटोन दासले २३, तोहित रिडोयले ५८ रन बनाउँदा सहमिम होसेन १४ रनमा अविजित रहे।

श्रीलंकाको लागि बलिङतर्फ वनिन्दु हसरंगा र दसुन सानाकाले २-२ विकेट लिए। नुवान थुसारा र दुश्मन्था चमेराले १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको श्रीलंकाका लागि दसुन सानाकाले सर्वाधिक ६४ रनको अविजित पारी खेले उनले ३७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे।

ओपनरद्वयस् पाथुम निसाङ्का र कुशल मेन्डिसले क्रमशस् २२ र ३४ रन बनाए। कुशल पेरेराले १६ रन बनाउँदा कप्तान चारिथ आसलाङ्काले २१ रन बनाए।

बङ्गलादेशका लागि बलिङमा मुस्ताफिजुर रहमानले सर्वाधिक ३ विकेटले महेदी हसनले २ विकेट लिँदा तास्किन अहमदले १ विकेट लिए।

श्रीलंका समूह बीको लिग चरणको खेल सकिँदा अपराजित हुँदै विजेताको रूपमा सुपर फोर खेलेको  थियो। बङ्गलादेश भने समूह उपविजेताको रूपमा सुपरफोर प्रवेश गरेको थियो।

सुपरफोरमा आज समूह ए अन्तर्गतको खेल हुनेछ। आज समूह एमा अपराजित रहँदै सुपरफोर प्रवेश गरेको भारत र समूह उपविजेताको रुपमा सुपरफोर आएको पाकिस्तानबीच खेल हुनेछ।

 

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com