काठमाडौं ।  लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शनिबार सम्पन्न मर्सिसाइड डर्बीमा एभर्टनविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ।

लगातार पाँचौं जितसँगै लिभरपुलले पाँच खेलमा १५ अंक जोडेको छ। पराजित एभर्टन समान खेलबाट सात अंकका साथ नवाै स्थानमा छ।

advertisement

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन रायन ग्रेभेनबर्च र ह्युगो एकिटिकेले गोल गरे। एभरटनका लागि इड्रिस्स गुइएले एक फर्काए।

खेलको १०औं मिनेटमा ग्रेचेनबर्चको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो। उनले मोहम्मद सलाहको पासलाई पोस्टको दिशा दिए।

एकिटिकेले १९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। यस पटक ग्रेभेनबर्चले गोलको अवसर सिर्जना गरेका थिए।​ गुइएले ५८औं मिनेटमा गरेको गोल एभरटनका लागि सान्त्वना बन्यो। इलिमान नडियायेको पासलाई जाली चुमाएका थिए।

गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले चेल्सीलाई २-१ गोलले पराजित गर्‍यो। यस्तै फुलह्यामले बेनफर्डलाई ३-१ गोलले  हरायो।

 

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com