काठमाडौं । नेपाली कांग्रेसका सात पूर्वपदाधिकारीमध्ये छ जना नेता पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भेला भई पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका छन्।

आधा घण्टादेखि जारी छलफलमा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला तथा पूर्वसहमहामन्त्री र वर्तमान प्रवक्ता डा. प्रकाशशरण महत सहभागी छन्।

advertisement

निकट स्रोतका अनुसार बैठकमा पार्टीको १५औँ महाधिवेशनतर्फ कसरी अघि बढ्ने भन्ने विषय मुख्य एजेन्डा बनेको छ। साथै, कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उठाएको विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको प्रस्तावबारे समान धारणा बनाउन नेताहरूबीच गहन कुराकानी भइरहेको छ।

छलफलमा सहभागी पूर्वपदाधिकारी सातै जना भए पनि पूर्वउपसभापति विजयकुमार गच्छदार भने आइतबारको वैठकमा अनुपस्थित रहेका छन्। सहभागी नेताहरूले यस विषयमा निरन्तर छलफल जारी राखेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com