काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा मन्त्रिपरिषद् बैठक आइतबार साँझ बस्दैछ।

बैठकले गत भदौ २३ र २४ गते भएको आन्दोलन र त्यसमा भएको दमनविरुद्ध छानबिन समिति बनाउनेलगायतका विषयमा छलफल गर्ने स्रोतले जानकारी दिएको छ।

advertisement

प्रधानमन्त्रीसहित अर्थमन्त्री रामेश्वर खनाल, उर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालको मन्त्रिपरिषद्‌ले आफ्ना सहकर्मी मन्त्रीहरूको नाममाथि पनि छलफल गर्ने बुझिएको छ।

यसबाहेक राजस्व अनुसन्धान विभाग, सम्पति शुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहतबाट हटाउनेबारे पनि मन्त्रिपरिषद्‌मा छलफल हुने स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com