काठमाडाैं । तुइनखोलामा खसेको पहिरो पन्छाउने काम निरन्तर जारी रहँदा नारायणगढ-मुग्लिन सडक खण्ड क्रमशः खुल्न थालेको छ।
डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पछिल्लो केही समयदेखि थप पहिरो नखसेपछि दुवैतर्फबाट सफाइ कार्य तीव्र भएको छ। ‘सडकमा थुप्रिएको माटो र ढुंगामाटो हटाउँदै गर्दा बाटो खुल्न थालेको छ,’ उनले बताए।
घिमिरेका अनुसार आज साँझसम्म एकतर्फी भए पनि सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। उनले भने, ‘हाल थप पहिरो खसेको छैन। यही अवस्था रह्यो भने आज साँझसम्म बाटोमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन सकिनेछ।’
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया