बुटवल । प्रहरी तालिम केन्द्र बुटवलमा कार्यरत एक जवान मृत फेला परेका छन्।
राप्ती सोनारी गाउँपालिका–३, बाँकाका २४ वर्षीय श्याम चौधरी शनिबार बिहान तालिम केन्द्रको उत्तर–पूर्वी कुनामा रहेको बहुउद्देश्यीय भवन पछाडिको रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार, चौधरी शुक्रबार राति तालिम केन्द्रमा रात्रिकालीन ड्युटीमा रहेका थिए।
मृतकका परिवारका सदस्यहरू पुगेपछि शव लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको थियो र त्यसपछि परिवारको जिम्मा लगाइएको छ।
चौधरीले २०७९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए। बुटवल प्रहरी तालिम केन्द्रमै आधारभूत तालिम पूरा गरेपछि उनी सोही केन्द्रमै प्रशिक्षकको दरबन्दीमा कार्यरत थिए।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया