काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै कमिटी भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

आज बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान कमिटीलाई आयोजक समितिमा रुपान्तरण गरी मंसिरमा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बैठकबाट पारित भई अब केन्द्रीय कमिटीमा पेश हुने छ। केन्द्रीय कमिटी बैठकले यस सम्बन्धमा औपचारिक निर्णय गर्ने एक पदाधिकारीले जानकारी दिए।

advertisement

त्यसैगरी, अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठक एक हप्ताभित्रै बोलाउने तयारी रहेको पनि स्रोतले बताएका छन्।

उपमहासचिव जनार्दन शर्मा–प्रभाकर पक्षले अहिलेको नीति र नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने भन्दै विशेष महाधिवेशनको माग गर्दै आएको छ। जेनजी युवा आन्दोलनपछि यो माग अझ सशक्त बनेको छ। उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डले राजीनामा दिएर नयाँ नेतृत्वको बाटो खोल्नुपर्ने बताएका छन्।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com