काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादवले पार्टीभित्र नेतृत्वको विकल्प खोज्न इच्छुकले नवीनतम विचार र सबैलाई मान्य हुने स्पष्ट योजना प्रस्तुत गर्नुपर्ने बताएका छन्।
उपमहासचिव यादवले भने, ‘अन्य पुँजीवादी पार्टीमा जस्तो नेतृत्व हस्तान्तरण कम्युनिस्ट पार्टीमा हुँदैन। नेतृत्व नवीन विचार, नयाँ योजना, पार्टी हाँक्न सक्ने क्षमता र समन्वयकारी भूमिको आधारमा आउँछ। केवल विकल्प खोज्नु पर्याप्त छैन। नेतृत्वमा आउने व्यक्तिमा फरक विचार के छ, त्यसको मूल्याङ्कन हुनुपर्छ। सङ्कटको बेला कसको भूमिका कस्तो हुन्छ, त्यसले नै निर्णय गर्छ।’
जेनजी विद्रोहपछि मुलुकको राजनीतिलाई सन्तुलनमा ल्याउन अध्यक्ष प्रचण्डले खेलेको भूमिकालाई यादवले प्रशंसा गरेका छन्। यद्यपि उनले युवा पुस्ताको भावना र आकांक्षालाई सम्बोधन गर्न पार्टीले विशेष योजना ल्याउनुपर्नेमा जोड दिएका छन्। पार्टीभित्र देखिएका अन्तर्विरोधहरूलाई विधि र पद्धतिमार्फत हल गर्न सकिने उनको भनाइ छ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया