काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट भागेका कैदी सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेका छन्। घटना पनौती नगरपालिका–१२, गागलमा भएको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए।
सन्तबहादुर तामाङ जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए। उनी जवरजस्ती करणीसम्बन्धी मुद्दामा जेलमा थुनिएका थिए।
इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुगिसकेको छ भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए। प्रहरी घटनास्थलमा पुगिसकेपछि थप विवरण सार्वजनिक गरिनेछ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया