काठमाडौं । महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेन–जी आन्दोलनले मुलुकमा महत्त्वपूर्ण परिवर्तन ल्याएको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारविरुद्धले बलिदान स्वरूप प्राणसम्म गुमाउनु परे पनि आन्दोलनले मुलुकलाई नयाँ दिशातर्फ डोरेको उल्लेख गरिन्।

advertisement

उनका अनुसार जेन-जी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभई सुशासन, पारदर्शिता र सक्षम युवालाई अवसर दिलाउन आन्दोलन गरेका थिए। ‘विदेशिनुपर्ने बाध्यता अन्त्य होस्, जागिर पाउँदा ‘मान्छे’ खोज्न नपरोस्, योग्यताको कदर होस् भन्ने उनीहरूको मूल माग थियो, उनले भनिन्।

भण्डारीले जेन-जी आन्दोलनमा संलग्न युवाहरू पद प्राप्तिको लालसा नभएको दोहोर्याउँदै, ‘आन्दोलन गरे उनीहरूले, तर पदमा पुगे हामी हौं। उनीहरूको चाहना भनेको केवल भ्रष्टाचार अन्त्य र सुशासन कायम होस् भन्ने मात्र थियो,’ भन्दै आन्दोलनको सार देश र समाजका लागि रहेको प्रष्ट पारिन्।

उनले आन्दोलनका क्रममा जेन-जीहरूले सार्वजनिक सम्पत्तिमा क्षति नगरेको दाबी गरिन्। ‘जेन–जीहरूले सम्पत्ति जलाउने कुरा सोच्नै सकिँदैन,’ उनले भनिन्।

उनका अनुसार जेल ब्रेकपछि भागेका कैदीहरूले सरकारी वकिल कार्यालय र अदालतमा आक्रमण गरेका थिए, तर त्यसलाई जेन-जी आन्दोलनसँग जोड्नु गलत भएको उनले स्पष्ट पारिन्।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com