पर्सा ।  पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ५० जना बालबिज्याइँकर्ता किशोर अझै फरार रहेका छन् ।

गत भदौ २४ गते रातको समयमा बाल सुधारगृह तोडफोड गरेर भागेका उनीहरु अझैसम्म पनि पक्राउ परेका छैनन् । पर्साको बाल सुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बाल सुधारगृहबाट भागेकामध्ये ५० जना किशोर अझैसम्म पनि फरार रहेको जानकारी दिए ।

advertisement

‘भदौ २४ गते राति बाल सुधारगृहबाट भागेकामध्ये ५० जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्’, उनले भने, ‘उनीहरुको अभिभावकसँग कुराकानी भएर खोजी तीव्र पारिरहेका छौँ ।’

बाल सुधारगृह तोडफोड गरेर भाग्ने बेला सुधारगृहमा कूल १४२ जना रहेका थिए । तीमध्ये अहिले सुधारगृहमा ९० जना र भागेकामध्ये दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय एक जना बालबिज्याइँ गरेर थप भएका छन् । ‘भदौ २४ को घटनापछि फरार रहेका १७ जनालाई पक्राउ गरिसकेका छौँ । अन्य पनि छिट्टै आउने विश्वास लिएका छौँ’, उनले भने ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com