काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ।
सरकारले हालसम्म कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै सो पदमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि गत चैत ११ गते तत्कालीन मन्त्रिपरिषद्ले कुलमान घिसिङको स्थानमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। पाँच महिनापछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई सरुवा गरी सिलवाललाई सो पदमा नियुक्त गराएका हुन्।
मनोज सिलवाललाई प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा नजिकका सहयोगीको रूपमा चिनिन्छ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया