काठमाडौं । काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि देशभरका दुर्गम क्षेत्रका ३५ गाउँपालिकामा एम्बुलेन्स वितरण सुरु गर्ने भएको छ।
विगत एक वर्षदेखि रोकिएको वितरण प्रक्रिया पुनः सुरु हुने जानकारी आइतबार मेयर बालेन शाहले दिएका हुन्। उनका अनुसार पारदर्शी मापदण्डका आधारमा छनोट गरिएका गाउँपालिकामध्ये स्वास्थ्य सुविधा न्यून रहेका स्थानलाई प्राथमिकता दिइएको छ।
मेयर शाहले सामाजिक सञ्जालमार्फत स्वास्थ्य सेवा सबै नेपालीको आधारभूत अधिकार भएको उल्लेख गर्दै, दुर्गम क्षेत्रमा एम्बुलेन्स उपलब्ध गराएर जीवन रक्षा गर्नु महानगरको जिम्मेवारी भएको बताए। ‘यो केवल सुरुवात हो, उनले लेखेका छन्, ‘अब कसैले स्वास्थ्य सेवाको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो।’
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया