काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउने निर्णय गरिएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन्।
उनका अनुसार पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग बनाइएको हो। समितिको सदस्यमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्। गृहमन्त्री अर्यालयका अनुसार समितिलाई ३ महिनाको समय तोकिएको छ। तीन महिनाभित्र समितिले जाँझबुझको प्रतिवेदन पेस गर्नुपर्नेछ।
प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार













प्रतिक्रिया