काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेता मातृका यादवले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प पार्टीभित्र छैन भन्ने धारणा व्यक्त गरेका छन् ।
आइतबार बसेको बैठकमा यादवको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रचण्डले यो जीवन रहुञ्जेल मात्र होइन, यदि साँच्चिकै परलोक छ भने त्यहाँ पनि हाम्रो नेतृत्व गर्नुपर्छ।’
उनले हालको जेएनजी आन्दोलनले परम्परागत दलहरूको सोच र दृष्टिकोणलाई चुनौती दिएको भए पनि माओवादी नेतृत्व तह भने अझै अडिग रहेको दाबी गरे ।
त्यसैगरी यादवले अध्यक्ष दाहाललाई अनावश्यक रूपमा धेरै नबोल्न सुझाव दिँदै, आवश्यक परे आफूहरू पनि पार्टी अध्यक्षको बचावमा खुल्न तयार रहेको स्पष्ट पारेका छन् ।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया