काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले Gen-Z संगठनलाई देशव्यापी रूपमा विस्तार गर्ने निर्णय गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकले विवेश साहको नेतृत्वमा संगठन गठन गर्दै परिवर्तन चाहने नयाँ पुस्तालाई संगठित गर्ने कार्य सुरु गर्ने निर्णय गरेको प्रवक्ता चन्द्र भुषण साहले जानकारी दिए ।

बैठकले Gen-Z आन्दोलनका क्रममा भएको विद्यार्थीको हत्या, सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनी घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

advertisement

युवाहरूसँग व्यापक एकता कायम गर्नका लागि पार्टीले तिलक थापा मगर, चन्द्र भुषण साह, विजय यादव, सुभाष साह र राम विष्टलाई वार्ताको जिम्मेवारी दिएको छ । साथै सातै प्रदेशमा भेला आयोजना गर्ने तयारीस्वरूप अध्यक्ष, इन्चार्ज र सह–इन्चार्ज समेत तोकिएको बैठकले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com